महेन्द्रनगर । सशस्त्र प्रहरी बल नेपालले बुधबार बिहान सुदूरपश्चिम प्रदेशमा पहिलो पटक अन्र्तराष्ट्रिय आरोग्य दिवस मनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयले विभिन्न योग तथा ध्यान कार्यक्रमको आयोजना गरी अन्र्तराष्ट्रिय आरोग्य दिवस मनाएको हो ।
बैद्यनाथ बाहिनीका निमित्त बाहिनिपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक दिग बिजय सुवेदीले उद्घाटन गरी सुरु भएको कार्यक्रममा बाहिनी मुख्यालय तथा अन्य कार्यालयहरुबाट दुई सय जना भन्दा बढी कर्मचारीहरु सहभागी थिए ।
जिवन बिज्ञान प्रतिष्ठान काठमाण्डौ र झापाबाट आउनुभएका योग गुरुहरु केदारमान कार्की र विश्वनाथ भट्टराईले योग गराएको आरोग्य दिवसको बुधबार बिहान ७ बजे देखि ९ बजेसम्म सञ्चालन गरिएको थियो ।
नेपालको प्रस्तावमा संयुक्त राष्ट्र संघले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा मान्यता दिएको छ । यो दिवस योग, ध्यान र पूर्वीय ज्ञानको माध्यमबाट शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य (समग्र आरोग्य) प्रवद्र्धन गर्न मनाइन्छ ।
नेपालले पहिलो पटक आरोग्य दिवस २०८३ बैशाख २ गते आजका दिन विभिन्न कार्यक्रमका साथ विशेष रूपमा मनाइँदैछ । सोही अवसरमा शसस्त्र प्रहरीले सुदूरपश्चिममा योग कार्यक्रम संचालन गरेको हो ।
“स्वस्थ शरिर र शान्त मन नै हाम्रो अमुल्य सम्पत्ति हो त्यसकारण स्वस्थ शरिर र शान्त मनको लागी दैनिक जिवनका कार्य सँगसँगै योग, ध्यान समेत आवश्यक छन ।” शसस्त्र प्रहरी नंं ७ बैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक दिग बिजय सुवेदीले भन्नुभयो–“ स्वास्थ्यका लागि ध्यान र योग धेरै नै उपयोगी र आवश्यक हुन्छ ।”
कार्यक्रममा जीवन बिज्ञान प्रतिष्ठान काठमाण्डौबाट पाल्नुभएका योग गुरुहरुले सहभागि कर्मचारीहरुलाई सैद्धान्तिक ज्ञान तथा योग र ध्यानका बिधिहरु सिकाउनु भएको थियो ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

