महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले नयाँ वर्ष २०८३ सालको आफ्नो वार्षिक क्यालेन्डर विमोचन गरेको छ ।
बिहिबार संघको सभाहलमा आयोजित एक कार्यक्रमको आयोजना गरी क्यालेन्डर विमोचन गरेको हो । संघका अध्यक्ष दिनेश मल्ल कार्यक्रमका प्रमुख अतिथि संघका पूर्व अध्यक्ष यज्ञराज भट्ट पूर्वअध्यक्षहरु ऋषिराज खरेल,हेमराज पाण्डेय,जंग वहादुर मल्ल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा क्यालेन्डर विमोचन गरिएको हो । क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै संघका अध्यक्ष दिनेश मल्लले क्यालेन्डर व्यवसायीका लागि उपयोगी बन्ने बताउनुभयो । “व्यवसायीले भित्तामा हेर्दा मेरो संस्था छ भनेर गर्भ गरोस ।” उहाँले भन्नुभयो–“दैनिक गतिविधि, सामाजिक तथा व्यावसायिक गतिविधिमा महत्वपूर्ण सहयोग पुग्छ ।” क्यालेन्डरमा जिल्लाका प्रमुख पर्यटकीय स्थल, धार्मिक स्थल तथा औद्योगिक सम्भावनाका क्षेत्रहरूलाई समावेश गरिएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र प्रकाश साउँदले क्यालेन्डर प्रकाशनमा विभिन्न व्यवसायीहरुको सहयोग रहेको बताउनुभयो । “कार्यसमिति भन्दा बारिह रहेर पनि धेरै साथीहरुले महत्वपूर्ण सहयोग गरेका छन ।” उहाँले भन्नुभयो–“क्यालेन्डर प्रकाशन गर्दा विज्ञापनबाट आएको रकमले संघको सभाकक्षमा कुर्सी व्यवस्थापन गरिएको छ ।” यसबाहेक संघले केहि रकम बचत समेत गरेको उहाँको भनाइ थियो । कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुले वर्तमान कार्यसमितिको प्रशंशा गर्दै आगामी दिनमा उत्कृष्ट कार्य गर्नका लागि प्रेरित गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि यज्ञराज भट्टले व्यवसायिको हक हितमा काम गर्न आग्रह गर्नुभयो । “हामीले निकै मेहनत गरेर त्योबेला संघलाई अढि बढाएका थियौ ।” उहाँले विगत सम्झिदै भन्नुभयो–“तपाईहरु व्यवसायिका हक हितमा काम गर्नुहोला, राम्रो काममा लागि म सहयोग गर्न तयार छु ।” संघले १८ वर्षपछि आफ्ना सदस्य तथा सरोकारवालाहरूलाई लक्षित गर्दै क्यालेन्डर प्रकाशन गरेको हो ।





