महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहिबार साझ कृष्णपुर नगरपालिका–१ स्थित पहरीया– कुमगडा भित्रि कच्ची सडक खण्डमा से.१.ज. २९० नम्बरको जीप र्दुघटना हुँदा जीपमा सवार आठ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का ६० वर्षिया नन्दराम पार्की र सोहि स्थानका ६२ वर्षिया कमला देवी बोहरा रहेका छन ।
त्यसैगरी कृष्णपुर नगरपालिका–१ का जीप चालक २४ वर्षिया अर्जुन साउँद गम्भीर घाइते भएका छन । प्रहरीका अनुसार साउँदको शरीर र टाउकोमा चोट छ । घाइते हुनेमा सोहि स्थानका ३५ वर्षिया धनसरी बोहरा,१३ वर्षिया सरिता बोहरा,१५ वर्षिया भावना पार्की,१४ वर्षिया रेश्मा घटाल र भीमदत्तनगरपालिका–८ तिल्केनीका ५० वर्षिया गंगा विष्ट रहेका छन । अनियन्त्रित भइ कच्ची सडकबाट ५०/६० मिटर तल खोल्सामा खसेको थियो । घाइतेहरुलाई उपचारका लागि धनगढी अस्पतालमा पठाइएको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

