महेन्द्रनगर । अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि तीन विश्वविद्यालय बीच त्रिपक्षीय समझदारी (एमओयू) भएको छ ।
बुधवार महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय,मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबिच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको विश्वविद्यालयका सुचना अधिकारी नवीन वहादुर बमले जानकारी दिए । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा. देवराज अधिकारीको उपस्थितिमा आयोजित कार्यक्रममा तीनै विश्वविद्यालयका उपकुलपतिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. हेमराज पन्त, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. दीपक अर्याल र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. ध्रुवकुमार गौतमले सहमतिपत्रमा हस्ताक्षर गर्दै आपसी सहकार्यलाई औपचारिकता दिएका हुन । कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राडा. विनोद लेखकले समझदारीले विश्वविद्यालयबिचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । उनले विशेषगरी उच्च प्राज्ञिक जनशक्तिको अभावलाई डिजिटल माध्यमबाट पूर्ति गर्दै दक्ष जनशक्ति व्यवस्थापनमा यो सम्झौता कोशेढुंगा सावित हुने बताए । उक्त समझदारीले शिक्षक तथा विद्यार्थीहरूको अध्ययन र अनुसन्धान कार्यलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
तीन विश्वविद्यालयबिच शैक्षिक स्रोत, अनुसन्धान, प्रविधि र अनुभव आदानप्रदानलाई संस्थागत गर्ने लक्ष्य राखेको छ । विशेषगरी डिजिटल प्लेटफर्ममार्फत संयुक्त कक्षा सञ्चालन, अनुसन्धान सहकार्य र प्राध्यापकहरूको साझा उपयोगजस्ता कार्यक्रम अघि बढाइने जनाइएको छ । यो सहकार्यले नेपालको उच्च शिक्षामा गुणस्तर अभिवृद्धि, स्रोतको प्रभावकारी उपयोग तथा आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणालीको विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

