महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर आएका डिएसपी हेमबहादुर शाहीले कञ्चनपुरमा पछिल्लो समय विकसित भइरहेको गुण्डागर्दीको सञ्जाल भत्काउन सक्रियता बढाएका छन् ।
शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकारहरुसित परिचयात्मक कार्यक्रमका क्रममा डिएसपी शाहीले समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन कुनै कसर बाँकी नराख्ने बताए ।
नेपाल प्रहरीभित्र व्यवसायिक प्रहरी अधिकृतको छवि बनाएका शाही केही दिनअघि जिल्ला प्रहरी कार्यालयमा हाजिर भए । जेनजी आन्दोलनपछि महेन्द्रनगर र आसपासको क्षेत्रमा युवाहरु जमात बनाउने, संगठित रुपमा सञ्जाल बनाएर फिल्मी शैलीमा गुण्डागर्दी गर्न खोजिरहेको सुइको पाएपछि शाही आफू सिभिलमा फिल्डमा खटिए ।
युवाहरु जम्मा गरेर हुलहुज्जत गर्ने, समुह बनाएर सामाजिक सञ्जालमा विभिन्न ग्याङ बनाएर फोटो र भिडियोहरु पोष्ट गर्ने गिरोहमाथि उनले निगरानी बढाए । सोही क्रममा प्रहरीले सामाजिक सञ्जालमा खुँडासहित भिडियो पोष्ट हेरेर महेन्द्रनगरका कुनाल अवस्थीसहित तीन जनलाई पक्राउ गरेको शाहीले पत्रकार सम्मेलनमा जनाकारी दिए ।
‘ शान्ति र सुशासनका निम्ती नेपाल प्रहरी अग्रस्थानमा रहेर काम गर्छ ।” शाहीले भने–‘टोले ग्याङ् बनाउने जो कोही पनि कारबाहीको दायरामा आउछन् ।”
उनले आफू गुण्डाहरुको ‘प्रोफाइलिङ’ गरिरहेको सुनाए । ‘ जन्मदीन मनाउने भन्दै महाकाली नदीको चार लेनको पुलमा आवागमन नै बन्द हुने गर्ने कार्य निन्दनीय हुन ।’ उनले भने–‘ युवाहरुको जमात देखाएर समाजमा कानूनले बर्जित गरेका कार्य गर्न कसैलाई छुट हुदैन ।’ महेन्द्रनगरमा केही महिना यता विभिन्न समुह बनाएर युवाहरु संगठित भएर कुटपिट गर्ने, झैझगडा गर्ने क्रम बढेको उनले बताए ।
‘गुण्डाहरुको प्रोफाइलिङ गर्ने, समाजको शान्ति सुरक्षा बिगार्ने तत्वलाई निगरानी बढाउने प्रहरीको केन्द्रीय नेतृत्वबाटै सर्कुलर छ ।’ शाहीले भने–‘ आसन्न निर्वाचनलाई ध्यानमा राखेर पनि प्रहरी ती जालोहरु भत्काउने अभियानमा जुटेको छ ।’
विभिन्न जिल्लामा रहँदा शाहीले गुण्डागर्दीको जालो भत्काउने इन्काउन्टर समेत गरेका घटना छन् । खरो स्वभावका शाही कञ्चनपुरमा पनि गुण्डागर्दी विरुद्ध अभियान नै चलाउन थालेका छन् ।
‘ युवाहरु जमात बनाएर उदण्ड भइरहेको विषयलाई ख्याल गरिएन भने भोली समाजमा यो समस्याका रुपमा देखा पर्छ ।’ उनले भने–‘ नेपाल प्रहरी यहाँ उच्च मनोबलका साथ काम गर्छ ।’
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

