महेन्द्रनगर । जेनजी आन्दोलनमा सिंगो परिवारमाथि आक्रमणको शिकार बनेका पुर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवा आन्दोलनको घाउ मेटिन नपाउँदै पार्टीबाट अपमानजनक ढंगबाट बर्हिगमनको पीडा खेप्नु प¥यो ।
जेनजी आन्दोलनपछि पार्टीभित्र हालका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र गरेको विद्रोहबाट विशेष महाधिवेशनसम्म पुग्दा देउवामाथि एकहोरो प्रहार भयो ।
आगामी वैशाखमा नियमित महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेका देउवालाई अन्तः गगन–विश्वले डडेल्धुराबाट आसन्न निर्वाचन लड्ने टिकट समेत दिएनन् । यतिबेला डडेल्धुरा कांग्रेस मात्र होइन सिंगो सुदूरपश्चिम कांग्रेस स्तव्ध जस्तै छ । सुदूरपश्चिमका अभिभावक नेता देउवामाथि जीवनको उत्तरार्थमा रुपान्तरणका नाममा गरिएको अपमानको प्रभाव सुदूरपश्चिमको कांग्रेससँगै आसन्न निर्वाचनमा पर्नेमा दुधिवा छैन् ।
सात पटक डडेल्धुराबाट निर्वाचन जितेका देउवाले अन्तिम पटक यहाँबाट चुनाव लड्ने आकांक्षा राख्दा पनि उनीमाथि षडयन्त्र गरियो । देउवाले टिकट वितरणका बेला सभापति गगन थापाकै हस्ताक्षरबाट टिकट लिएर डडेल्धुराबासीको स्नेह लिने अन्तिम चाहनालाई ब्रेक लगाउँदै युवा नेता नैनसिंह महरलाई उम्मेदवार बनाए । यतिबेला डडेल्धुरा कांग्रेस मन अमिलो गरेर निर्वाचनमा होमिएपनि नतिजा आफ्नो पक्षमा आउनेमा सशंकित छ ।
शेरबहादुर देउवाको अनुहार लिएर निर्वाचनमा गए हारको बर्षा हुने भन्दै विरोध गर्ने गगन कांग्रेसका नेताहरुको बोली भने अहिले फेरिएको छ । निर्वाचनमा देउवाको अनुपस्थितीले पार्टी हार व्यहोर्नसक्ने तर्फ सचेत रहदै मैदान बाहिर पु¥याइएका देउवालाई पुनः सक्रिय बनाउन गगन कांग्रेसहरु खोजिरहेका छन् । निर्वतमान सभापति देउवासित आफू सभापति गएर संवाद समेत नथालेका गगनले पछिल्लो समय देउवासितको सम्वन्ध विस्तार गरी निर्वाचनमा प्रयोग गर्न खोजिरहेका छन् ।
नेपाली कांग्रेस अहिले पूर्वसभापति लगायत अग्रजहरूको फेस भ्याल्युलाई प्रयोग गर्न चाहेपनि त्यो सम्भावना भने न्युन छ ।
देउवाको अपमानजनक बर्हिगमनपछि सुदूरपश्चिम कांग्रेसमा सन्नाटा नै छाएको छ । उम्मेदवारहरुले टिकट पाएपनि पार्टी पंक्तिमा उत्साह भने देखिँदैन ।
देउवापछि सुदूरपश्चिमका आसन्न निर्वाचनमा सर्वाधिक खोजिएका अर्का प्रभावशाली नेता हुन पुर्वगृहमन्त्री रमेश लेखक । पछिल्ला बर्षहरुमा शेरबहादुर देउवाको अतिविश्वास पात्र भएर पार्टी र सत्ता समीकरणमा महत्वपूर्ण भूमिका निभाउदै आएका लेखक पनि देउवा जस्तै गगन कांग्रेसबाट किनारा लगाइए ।
निर्वाचन लड्न तयारी गर्दै मनोनयन दर्ताका लागि महेन्द्रनगर आउन लेखकले टिकट समेत लिइसकेका थिए । उनको सचिवालय महेन्द्रनगरस्थित निवासमा बन्दोबस्तीसहित तयारी अवस्थामा थियो । लेखक तयारीमा भइरहदा कांग्रेसले भने निर्वतमान पार्टी सभापति हरिप्रसाद बोहरालाई निकट दियो । त्यसपछि नेता लेखकको प्लेन टिकट सारियो ।
कञ्चनपुर निर्वाचन क्षेत्र नंंं ३ मा कांग्रेस नेता कार्यकर्तासँगै आम नागरिकले अधिक रुचाइएका नेता लेखकलाई देउवा निकट भएकै कारण टिकट दिएनन् । आसन्न निर्वाचनमा उम्मेदवार जिताउन गृहनगर पुगेका लेखक आफ्नो निर्वाचन क्षेत्रका चुनावी कार्यक्रममा सहभागी भएर काठमाण्डौं फर्किएका छन् ।
पार्टी नेता कार्यकर्ताहरुले एकजुट भएर उम्मेदवारलाई जिताउन आग्रह गर्दै हिडेका लेखकलाई यतिबेला कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरु आ–आफ्नो क्षेत्रमा आएर चुनावी कार्यक्रममा सहभागी भइदिन निरन्तर फोन गरिरहेको उनीनिकट स्रोतले जनायो ।
“ उहाँ (लेखक) लाई गोपीप्रसाद उपाध्याय, एनपी साउँद, हरिप्रसाद बोहरा तीनै जनाले फोन गरेर निर्वाचन क्षेत्रमा बोलाइरहनुभएको छ ।” लेखक निकट एक नेताले भने ।
लेखक महेन्द्रनगरमा रहँदा गगन कांग्रेसले लेखकले सक्रियता देखाए कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेस जित हासिल गर्ने भन्दै उनीमाथि दबाब बढाउन समय खर्चिए । हारे लेखकका कारण हार्छौ भन्ने गलत भाष्य नै तयार गर्न खोजियो । पार्टी नेता तथा कार्यकर्ताहरुसितको भेटमा टिकट नपाएको दुखेसो पोख्न समेत भ्याएका लेखक आफूलाई चौतर्फी घेराबन्दीमा पार्न जोखिरहेको निकटस्थहरुसित बताउने गरेका छन् ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

