महेन्द्रनगर । महेन्द्रनगर स्थित कवर्डहलको खेल मैदानमा जारी पाचौँ भीमदत्त मेयर कप क्रिकेट प्रतियोगितामा भीमदत्त र बेदकोट नगरपालिकाले विजयी सुरुवात गरेका छन ।
प्रतियोगिताको उद्घाटन खेलमा भीमदत्त नगरपालिकाले दोधारा चाँदनी नगरपालिकालाई ३३ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको भीमदत्तले १३ दशमलव ५ ओभरमा अलआउँट हुदै १०८ रन बनाउन सक्यो । भीमदत्तका लागि मिलन बोहराले ४२ रन र नरेन्द्र रानाले २५ रनको योगदान गरेका थिए । बलिङमा दोधारा चाँदनीका लब्बी भट्टले ४ विकेट लिए भने जनक सुनार र कैलाश साउँदले समान २ विकेट लिए ।
१०९ रनको लक्ष्य पाएको दोधारा चाँदनीले १३ ओभरमा अलआउँट हुँदै ७५ रन मात्र जोड्न सक्यो । उसका लागि आकाश बहेक क्षेत्रीले १९ रन र मनोज चन्दले १५ रन बनाउनु बाहेर अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन । बलिङा भीमदत्तका पुकार चन्दले ४ विकेट लिए भने किरन चन्दले ३ विकेट हात पारे । उक्त खेलमा प्लेयर अफ द म्याच भीमदत्तका पुकार चन्द घोषित भए ।
त्यसैगरि दोस्रो खेलमा पुनर्वास नगरपालिकालाई ९ विकेटले पराजित गर्दै बेदकोट नगरपालिकाले विजयी सुरुवात गरेको छ । टस जितेर ब्याटिङ्ग गरेको पुनर्वास नगरपालिकाले १२ दशमलव ४ ओभरमा अलआउट हुँदै ७८ रन मात्र बनाउन सक्यो । उसका लागि प्रेम खत्रीले २२ रन र निशान्त खनियाले २१ रन बनाउन बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन । बलिङमा बेदकोटका राजेश ऐर र लक्ष्मण खडायतले ३÷३ विकेट लिए । बिबेक बोहरा र निशान्त पातलीले समान २ विकेट हात पारे । ७९ रनको लक्ष्य पछ्याएको बेदकोटले १२ दशमलव ४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । बेदकोटका लागि राजेश एरेले ४३ रन र दिपक बोहराले २४ रनको योगदान गरे । बलिङमा पुनर्वासका मनिश थापाले १ विकेट लिए । उक्त खेलमा प्लेयर अफ द म्याच बेदकोटका राजेश ऐर घोषित भए ।
आइतवारदेखी महेन्द्रनगर स्थित कवर्ड हलको खेल मैदानमा सुरु भएको पाँचौ पालिका स्तरीय भीमदत्त मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा ६ वटा टीमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टीमले नगद रु १ लाख ५५ हजार पाँच सय ५५ ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेता टोलीले ७७ हजार ७७७ नगद,ट्रफि र प्रमाणपत्र पाउने छ । त्यसैगरि मैन अफ द सिरिज ११ हजार १११,उत्कृष्ट विधाका खेलाडीलाई ५ हजार ५५५,उदयमान खेलाडीलाई ४ हजार ४४४ र प्लेयसर अफ द म्चयाच १ हजार १११ नगद,ट्रफि र प्रमाणपत्र पाउने क्रिकेट संघका अध्यक्ष विरेन्द्र वहादुर चन्दले जानकारी दिनुभयो । “यहाँका हरेक वडामा रहेका प्रतिभाहरुको उजागर गर्नका लागि यो प्रतियोगिता उत्सवका रुपमा सञ्चालन गरेका छौ ।” अध्यक्ष चन्दले भन्नुभयो–“हामीलाई खेल मैदानको नहुँदा प्रतियोगिता गराउन समस्या हुनेगरेको छ ।” उहाँले क्रिकेटको विकासका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

