महेन्द्रनगर । कञ्चनपुरमा हात्तिको आक्रमणमा परि एक बालिकाकोे मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।
जिल्लाको लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसन सिंह साउँदको घरमा हात्तिले आक्रमण गर्दा साउँदका ६ वर्षिया छोरी रोजिना साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार गएराति करिब २ः३० बजेको समयमा जंगली हात्तिले साउँदको घरमा आक्रमण गरेको थियो । घरमा हात्तिको आक्रमण भएपछि भाग्ने क्रममा साउँदका ५५ वर्षिया आमा पार्वती साउँद घाइते भएका छन । घाइतेको महेन्द्रनगरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएकामा घाइते ६ वर्षिया रोजिनाको उपचारका क्रममा धनगढी स्थित नवजीवन अस्पतालमा मृत्यु भएको हो ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

