महेन्द्रनगर । नेपाली कांग्रेसले कञ्चनपुर क्षेत्र नम्बर २ बाट एनपी साउँदलाई उम्मेदवार बनाउने भएको छ ।
सोमबार बसेको पार्टीको संसदीय बोर्ड बैठकले साउदलाई कञ्चनपुर–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर सभापति तुलाराम शाहुले जानकारी दिए । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएर परराष्ट्रमन्त्री भएका थिए । उनी शेरबहादुर देउवा निकटका नेता हुन । कांग्रेसले कञ्चनपुर क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायलाई टिकट दिएको छ । उनी पहिलो पटक निर्वाचन लड्न लागेका हुन । कञ्चनपुर क्षेत्र नम्बर ३ मा उम्मेदवारको टुंगो लाग्न बाकिँ छ । यो क्षेत्रबाट पूर्वगृहमन्त्री रमेश लेखक चुनाव लड्दै आएका छन ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

