महेन्द्रनगर,५ माघ
नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कञ्चनपुर क्षेत्र नम्बर २ मा दुई जनालाई प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ ।
शनिवार नेकपाले कञ्चनपुरका ३ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाउँदा क्षेत्र नम्बर २ मा साबिक नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष लालबहादुर खड्कालाई टिकट दिएको थियो । खड्का अघिल्लो पटक नेकपा एमालेको तर्फबाट प्रदेश सभामा निर्वाचित भएर सामाजिक विकास मन्त्री भइसकेका व्यक्ति हुन ।
अहिले सोही क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले साबिक नेकपा एकीकृतकै माधव पन्तलाई टिकट दिएका छन । टिकट पाएका पन्तले सामाजिक सञ्जालमा राखेको भिडियोमा पन्तलाई टिकट दिँदै प्रचण्डले शुभकामना समेत दिएका छन । ‘एउटा युवा बुद्धिजीवी पनि युवा नेता पनि कञ्चनपुर क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उत्रिनु भएको छ ।’ पन्तलाई टिकट दिदै प्रचण्डले भनेका छन–‘हामीलाई विश्वास छ उहाँ विजयी भएर आउनुहुने छ, अग्रिम बधाई र शुभकामना पनि छ । ’ उक्त भिडियोमा माधव नेपालले पनि बधाई दिएका छन ।
एउटा निर्वाचन क्षेत्रमा दुई जनालाई टिकट दिएपछि यहाँका कार्यक्रता अशन्तुष्ट बनेका छन । भने कुन उम्मेदवार आधिकारि हुन भन्ने अन्योल छ । नेकपाका कञ्चनपुरका नेता खेमराज पाण्डेले यसअघि उक्त क्षेत्रमा लाल बहादुर खड्काको नाम टुंगो लागेको भएपनि आज पन्त लाई टिकबट दिएको जानकारी पाएको बताए । ‘यसबारेमा माथिल्लो निकायमा के रहेछ म बुझ्दै छु ।’ उनले भने । पाण्डे साविकको नेकपा माओवादीका जिल्ला ईन्चार्ज हुन । ३ वटा क्षेत्र रहेको कञ्चनपुरमा नेकपाले क्षेत्र नम्बर १ मा विना मगर र ३ मा मानबहादुर सुनारलाई उम्मेदवार बनाएको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

