महेन्द्रनगर ,३ माघ
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कञ्चनपुर जिल्लाका ३ वटै क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ ।
पार्टीका केन्द्रीय कमिटि सदस्य सुरेन्द्रमान कार्कीले कञ्चनपुरका तीन वटै क्षेत्रमा उम्मेदवारको टुङ्गो लागेको जानकारी दिए । उनका अनुसार कञ्चनपुर क्षेत्र नम्बर १ मा बिना मगर, क्षेत्र नम्बर २ मा लाल बहादुर खड्का र क्षेत्र नम्बर ३ मा मान बहादुर सुनारको नाम टुङ्गो लागेको हो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बीना मगर क्षेत्र नम्बर १ बाट २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएर खानेपानी मन्त्री बनेकि थिइन । २०७९ को निर्वाचनमा भने नेकपा एमालेका उम्मेदवार तारालामा तामाङसंग पराजित भएकि थिइन । मगरलाई तामाङले ५ हजार बढी मतान्तरले पराजित गरेका थिए । तामाङले २४ हजार ८९२ मत ल्याउँदा मगरले १९ हजार ३४६ मत ल्याएकी थिइन ।
त्यसैगरि क्षेत्र नम्बर २ का उम्मेदवार लाल वहादुर खड्का यसअघि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री भएका व्याक्ति हुन । नेकपा एमाले विभाजन हुँदा उनी नेकपा एकिकृत समाजवादीमा गएका थिए । क्षेत्र नम्बर ३ का उम्मेदवार मान वहादुर सुनार २०७४ सालमा माओवादी केन्द्रबाट यसै क्षेत्रबाट प्रदेशसभा निर्वाचित भएर सुदूरपश्चिम प्रदेश सरकारका भुमी ब्यवस्था कृषी तथा सहकारी राज्यमन्त्री भएका थिए ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

