महेन्द्रनगर,३ माघ
कञ्चनपुरमा प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता शनिवारदेखी सुरु भएको छ ।
जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा महेन्द्रनगर स्थित कवर्डहलको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको दोधारा चाँदनीका नगर प्रमुख किशोर कुमार लिम्बुले शु–भारम्भ गर्नुभयो । सो अवसरमा उहाँले क्रिकेट खेलको विकासका लागि नगरपालिका सधैँ सहयोग गर्न तयार रहेको बताउनुभयो । जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष विरेन्द्र बहादुर चन्दले खेलाडिलाई उत्कृष्ट प्रर्दशन गर्न आग्रह गर्नुभयो । “अहिले क्रिकेटको क्रेज बढेकोले क्रिकेटमै भविष्य देख्ने युवाहरुको संख्या बढ्दै गएको छ ।” अध्यक्ष चन्दले भन्नुभयो–“यो प्रतियोगितामा राम्रो प्रर्दशन गरे मात्रै अगाडी बढ्न सफल भईन्छ ।” उहाँका अनुसार छनौटका लागि ६० जना खेलाडीले आफनो नाम दर्ता गराएका थिए । त्यसकै आधारमा ४ टिम निर्माण गरी प्रतियोगिता सुरु गरिएको हो ।
५० ओभरको खेलमा ४ टिमले ६ वटा लिग खेल खेल्ने छन । यहि प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई समेटेर आगामी फानुनमा हुने सुदूरपश्चिम प्रदेश स्तरी छनोट प्रतियोगितामा कञ्चनपुर जिल्ला टीम तयार गरिने संघले जनाएको छ । प्रतियोगिताको उद्धघाटन समारोहमा प्रदेश र जिल्ला क्रिकेट संघका पदाधीकारीहरुको सहभागीता रहेको थियो ।




