महेन्द्रनगर,२ माघ : आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको लागि कञ्चनपुर जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना भएका छन ।
शुक्रबार कञ्चनपुरका ३ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएका हुन । कञ्चनपुरको क्षेत्र नं.३ मा मुख्य निर्वाचन अधिकृत राजेन्द्र भण्डारी, क्षेत्र नं.२ का निर्वाचन अधिकृत प्रकाश भण्डारी र क्षेत्र नं.१ का निर्वाचन अधिकृत दामोदर घिमिरे,कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन आयोग कञ्चनपुरका प्रमुख हरिश चन्द्र जोशीले जानकारी दिए । “हामी निर्वाचनको पूर्ण तयारीमा लागेका छौ,सबै सामाग्रीहरु तयारी अवस्थामा छन ।” उनले भने । आयोगका अनुसार माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका छ । उम्मेदवारी दर्तापछि माघ ६ गते नै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । माघ ७ गते उम्मेदवारीमाथि दाबी–विरोध दर्ता गर्ने समय तोकिएको छ भने माघ ८ गते दाबी–विरोधउपर जाँचबुझ गरी निर्णय गरिनेछ । माघ ९ गते उम्मेदवारको नामावली संशोधनसहित प्रकाशन गरिने आयोगले जनाएको छ ।
त्यसैगरी माघ १० गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । माघ ११ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ । फागुन २१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । मतदान शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै तयारी तीब्र पारिएको आयोगले जनाएको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

