महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका र कञ्चनपुर जिल्ला क्रिकेट संघले अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगिता खेल्ने नेपालको ए राष्ट्रिय टोलीको विदाई गरेको छ ।
बिहिवार भीमदत्त नगरपालिकाका नगर उप–प्रमुख निलम जोशी र जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष विरेन्द्र वहादुर चन्दले भारतको उत्तराखण्डमा सञ्चालन हुने ४२ औं अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगिता खेल्ने नेपालको ए राष्ट्रिय टोलीको विदाई गरेका हुन । नेपाली टोलीमा कप्तान अनिल कुमार साहको नेतृत्वमा टोली गड्डाचौकी नाका भएर भारत प्रस्थान गरेको छ । टोलीमा मयन यादव, तृत राज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजवंशी र अर्जुन कुमाल रहेका छन । नेपालले प्रतियोगितामा जुन ३० मा केरलासँग पहिलो खेल खेल्नेछ । त्यसपछि नेपालले जुन ३१ मा गोवा र जुन २ मा ओडिसासँग खेल्नेछ । प्रतियोगिताको क्वार्टरफाइनल जुन ४ मा, सेमिफाइनल जुन ६ मा र फाइनल जुन ७ मा हुनेछ ।
नेपाल ए का प्रशिक्षक राजु बस्न्यातले नेपाल ए को टोली उत्तराखण्डमा गएर भारतका विभिन्न राज्यका टीमहरुसंग प्रतियोगिता खेल्ने बताउनुभयो ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

