महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ मा पार्टीको केन्द्रीय तहबाट गरिएको निर्णयविरुद्ध प्रतिरोध देखिएको छ ।
कांग्रेसको जरा अभियान अन्तर्गत २१ जेठभित्र क्षेत्र अन्तर्गत पर्ने सबै वडाहरूको क्रियाशील सदस्यता अद्यावधिक काम सम्पन्न गर्न भनिएपनि कञ्चनपुर ३ क्षेत्रीय कार्यसमितिको बैठकले गत पुस मसान्तसम्म नविकरण गरिएको क्रियाशिल सदस्य केन्द्रमा बुझाएको भन्दै सोहि क्रियाशिल सदस्यतालाई मान्यता दिने निर्णय गरेको थियो । नयाँ क्रियाशिल सदस्यका लागि पनि सोहि समयमा फाराम वितरण गरि काम भइरहेको बेला सदस्यता वितरण बन्द गरिएको भन्दै जरा अभियान अन्तर्गत पुन : सदस्यता अद्यावधिकको काम नगर्ने निर्णय क्षेत्रीय कार्यसमितिको छ ।
सोहि निर्णय अनुरुप कञ्चनपुर–३ का क्षेत्रीय सभापति केशव चन्दले अद्यावधिकको काम अघि नबढाएपछि पार्टीले खटाएका केन्द्रीय प्रतिनिधिहरूले गत जेठ ११ मा उपसभापति पदमराज अवस्थीलाई जिम्मेवारी दिएका थिए । अवस्थीलाई जिम्मेवारी दिएको भोलिपल्ट नै क्षेत्रीय कार्यसमितिको बैठक बस्दै क्षेत्रका २० वडाका वडा सभापतिहरुले सामुहिक रुपमा प्रतिवाद गरेका छन । केन्द्रीय प्रतिनिधिहरू नरेन्द्रप्रसाद भट्ट र पदमराज पन्तले क्षेत्रीय उपसभापति अवस्थीलाई अद्यावधिकको काम अघि बढाउन जिम्मेवारी दिएपनि कञ्चनपुर–३ का क्षेत्रीय कार्यसमिति,२० वडाका वडा सभापति र प्रदेश समितिहरुले पुन : सदस्यता अद्यावधिकको काम नगर्ने सामुहिक निर्णय गरेका छन । बैठकमा क्षेत्रिय कार्यसमिति,कञ्चनपुर जिल्लाका पाटी सभापति पदम बोगटी,उपसभापति मीन वहादुर सिंह,सचिव भीम भट्ट,प्रदेश १ र २ का पदाधिकारी,दोधारा चाँदनी र भीमदत्त नगर कार्यसमितिका पदाधिकारी,तरुण दलका पूर्व जिल्ला अध्यक्ष र क्षेत्र अन्तर्गतका वडा सभापतिको बैठकले पुन : सदस्यता अद्यावधिकको नगर्ने सामुहिक निर्णय गरेको हो ।
बैठकले १४ औंँ महाधिवेशनका क्रियाशिल सदस्य नविकरण भएका सदस्यहरुलाई नै मान्यता दिएर १५ औँं महाधिवेशनका लागि मान्यता दिने निर्णय गरेको छ । त्यसैगरी क्षेत्रीय कार्यसमितिका उपसभापति पदम राज अवस्थीले जरा अभियान अन्तर्गत क्रियाशिल सदस्यता अद्यावधिक नगर्ने वडासभापतिले निर्णय गरेका छन । पार्टी भित्रको समस्या समाधानका लागि यथाशिघ्र पहल थाल्न माथिल्लो तहलाई अनुरोध गर्ने निणर्य समेत भएको छ । क्षेत्रका सबै वडा सभापतिहरुले क्रियाशिल सदस्यता अद्यावधिक नगर्ने निर्णय गरेपछि क्रियाशिल सदस्यता अद्यावधिक गर्ने जिम्मेवारी पाएका अवस्थी समस्यामा परेका छन ।
कञ्चनपुर–३ का क्षेत्रीय सभापति केशव चन्दले यहाँका वडा सभापतिहरुले यस अघिनै शुल्क लिएर सदस्यता अध्यावधिकको काम गरेको र पुनःसदस्यता अध्यावधिकको गर्न नसकिने बताए पछि जरा अभियान अन्तर्गत क्रियाशिल सदस्यता पुन :अद्यावधिक नगर्ने सामुहिक निर्ण गरेको बताए ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

