महेन्द्रनगर । हातखुट्टा बाधेर नाबालक कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक जनालाई पक्राउ गरेको छ ।
बिहिबार बेदकोट नगरपालिका –५ स्थित पोलखरीका ११ वर्षिया राजेश भण्डारीलाई कुटपीट गरेको आरोपमा सोहि स्थानका ३७ वर्षिया भोज नाथलाई प्रहरी नियन्त्रणमा लिएको हो । तरकारी बारीमा क्रिकेट बल खोज्न गएको अवस्थामा डोरीले हातखुट्टा बाधी कुटपीट गरेको अवस्थामा स्थानीयले उद्धार गरेर प्रहरीलाई खबर गरेपछि प्रहरीले कुटपीटमा संलग्न नाथलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता हेम वहादुर शाहीले जानकारी दिए । प्रहरीले नाथलाई नियन्त्रणमा लिएर जिल्ला अदालत कञ्चनपुरबाट सात दिनको म्याद थपेर अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार पीडित बालकका मावलीका हजुरआमा नन्दा मेहताको जाहेरीपछि प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

