महेन्द्रनगर । कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन ।
जसमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिलाले निकुञ्ज भ्रमण गरेका छन । निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या दुई हजार २७८ रहेको छ । सार्क मुलुकका ४९ महिला र १९५ पुरुष गरी २४४ जना पर्यटकले निकुञ्ज भ्रमण गरेको निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार ४९ जना महिला र ६३ जना पुरुष गरी ११२ जना विदेशी पर्यटकले समेत निकुञ्ज भ्रमण गरेका छन । सबैभन्दा बढी चैतमा ६२१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन । कात्र्तिकमा ५८०,मंसिरमा २९३,पौषमा ३७६,माघमा ३६९ र फागुनमा ३८६ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन । पर्यटनबाट रु १४ लाख ६७ हजार ४८६ राजश्व संकलन भएको उहाँले बताउनुभयो ।
जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । कोभीड महामारीपछि यहाँ आउने विदेशी पर्यटकको संख्यामा केहि कमि आएको भएपनि पछिल्ला वर्षहरुमा शुक्लाफाँटा घुम्ने विदेशी तथा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । नेपालकै सबैभन्दा ठूलो घाँसे मैदान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघ, मृग र दुर्लभ बन्यजन्तु देखि वनस्पतीसम्म पाईन्छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता भएको क्षेत्रबारे अध्ययन अनुसन्धान संगै अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु यहाँ पुग्ने गरेको निकुञ्ज कार्यालयका सुचना अधिकारी पुरुषोत्तम वाग्लले जानकारी दिनुभयो ।
निकुञ्जको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा तीन हजार सात सय ६२ जना पर्यटकले शुक्लाफाँटा भ्रमण गरेका छन । जसमा एक सय ३२ विदेशी र एक सय १२ सार्क मुलुकका पर्यटकले निकुञ्ज अवलोकन गरेका छन । आर्थिक वर्ष २०८१÷०८२ मा तीन हजार तीन सात सय २२ जनाले निकुञ्ज भ्रमण गरेका छन । जसमा एक सय ९९ जना सार्क मुलुका र एक सय ५२ विदेशी पर्यटकले शुक्लाफाँटा भ्रमण गरेका छन । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार तीन सय २३ बढी बाह्रसिंगा छन ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

