महेन्द्रनगर । महेन्द्रनगरस्थित कवर्डहलमा सुदूरपश्चिम प्रदेश स्तरीय ‘बाह्रसिङ्गा’ ब्याडमिन्टन प्रतियोगिता २०८३ आयोजना हुने भएको छ । पश्चिमपाटीको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता शुक्रबारदेखि सुरु भई तीन दिनसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा ‘बी’ लेभल र भेट्रान गरी दुई विधामा प्रतिस्पर्धा गराइनेछ । प्रदेशभरका विभिन्न जिल्लाबाट करिब ७० टीमको सहभागिता रहेने अपेक्षा गरिएको छ । ‘बी’ लेभलतर्फ प्रथम हुने टिमले रु ४४ हजार ४४४, द्वितीय हुने टिमले रु २२ हजार २२२ र तृतीय हुने टिमले रु ११ हजार १११ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै, भेट्रान तर्फ प्रथम हुने टिमले रु १५ हजार ५५५, द्वितीय हुने टिमले रु ७ हजार ५५५ र तृतीय हुने टिमले रु ५ हजार ५५५ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन ।
प्रतियोगिताले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रसिद्ध बाह्रसिंगाको प्रवद्र्धन गर्नुका साथै सुदूरपश्चिममा लुकेका खेल प्रतिभाहरूलाई उजागर गर्दै खेलकुदको विकासमा टेवा पु¥याउने लक्ष्य राखेको छ । प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीणा इम्पेक्स (महेन्द्रनगर/धनगढी) रहेको छ भने ब्रह्मा मोटर्स प्रा.लि.ले प्रायोजन गरेको छ । स्थानीय तह र विभिन्न संस्थाहरूको सहकार्यमा सञ्चालन हुने यस प्रतियोगितामा खेल पर्यटनका माध्यमबाट शुक्लाफाँटाको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

