महेन्द्रनगर । लिटिल बुद्ध एकेडमीले आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरी अन्तर विद्यालय भलिबल कपको उपाधी इन्टरनेशनल एकेडमीले हात पारेको छ ।
महेन्द्रनगर स्थित कवर्ड हलको खेल मैदानमा बुधबार सम्पन्न भएको फाइनल खेलमा आयोजक लिटिल बुद्धलाई ३–१ सेटमा पराजित गर्दै इन्टरनेशनल एकेडमीले उपाधी हात पारेको हो । प्रतियोगिताको विजेता टोलीले ट्रफि,मेडल,प्रमाणपत्र र नगद रु ७५ हजार प्राप्त गरेको छ । त्यसैगरि उप–विजेता टोली लिटिल वुद्ध एकेडमीले ट्रफी,मेडल,प्रमाणपत्र र नगद रु ५० हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताका तेस्रो भएको सरस्वती माध्यमीक विद्यालयले ट्रफी,मेडल,प्रमाणपत्र र नगद रु २५ हजार प्राप्त गरेको छ । विजेता उपविजेता टोलीलाई समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा,राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट र जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिंह मौनिले पुरस्कार प्रदान गर्नुभयो । पुरस्कार प्रदान गर्दै उहाँले यस्ता प्रतियोगिताले भलिबल खेलमा भविष्य देखेका खेलाडीहरुलाई प्रोत्साहन हुने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समन्वय प्रमुख दुर्गा दत्त बोहराले खेलकुद सबैका लागि आवश्यक भएको बताउनुभयो । “अहिले युवाहरु लागुऔषधमा फसेका छन त्यसबाट मुक्त गराउन समेत खेलकुद आवश्यक छ ।” उहाँले भन्नुभयो–“जिल्लामा हुने प्रतियोगिताले खेलाडी उत्पादनमा समेत महत्वपूर्ण सहयोग पुग्छ ।” प्रतियोगितामा सुदूरपश्चिम प्रदेशभरका २० वटा टीमको सहभागिता रहेको थियो ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

