महेन्द्रनगर । महेन्द्रनगर स्थित कवर्डहलको खेल मैदानमा जारी पाचौँ भीमदत्त कप क्रिकेट प्रतियोगिताको फाइनमा दोधारा चाँदनी र भीमदत्त नगरपालिका भिड्ने भएका छन ।
भीमदत्त नगरपालिकाले बेदकोट नगरपालिकालाई ४ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । टस हारेर ब्याटिङ्गको निम्तो पाएको बेलडाँडीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रन बनायो । बेलडाँडीका निखिल बस्नेतले ४७ रन तथा किसन सुनारले २४ रनको योगदान गरे । बलिङमा बेलौरीका धिरेन्द्र बिष्टले ३ विकेट र भरत सिंहले २ बिकेट लिए । १३८ रनको लक्ष्य पछ्याएको बेलौरीले १८ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । उसका लागि भरत सिंह ३३, निरज कार्की २७ र हिमाल पन्तले २६ रनको योगदान गरे । बलिङमा बेलडाँडीका कमल हमाल , दिपेश राना क्षेत्री र राम रोकायले १÷१ विकेट हात पारे । उक्त खेलमा प्लेयर अफ द म्याच बेलौरीका भरत सिंह घोषित भए ।
त्यसैगरि आजै भएको दोस्रो खेलमा बेलडाँडीलाई ८ विकेटले पराजित गर्दै दोधारा चाँदनीले फाइनलमा प्रवेश गरेको हो । टस हारेर ब्याटिङ्गको निम्तो पाएको बेलडाँडीले १९ दशमलव १ ओभरमा अल आउट हुँदै ९५ रन मात्र बनाउन सक्यो । बेलडाँडीका लागि विनय जोशीले २१ र राजेन्द्र बुढालेले १६ रनको योगदान गरे । बलिङमा हिमान्सु सुनार,साजन विटालुले ३÷३ विकेट लिए ।
९६ रनको लक्ष्य पछ्याएको दोधारा चाँदनीले ८ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । दोधारा चाँदनीका जनक सुनार ३६ र साजन विटालुले १९ रनको योगदान गरे । बलिङमा बेलडाँडीका राजेन्द्र बुढाले २ विकेट हात पारे । उक्त खेलमा प्लेयर अफ द म्याच दोधारा चाँदनीका साजन विटालु घोषित भए । प्रतियोगिताको फाइनल खेल शुक्रबार बिहान कवर्डहलको खेलमैदानमा हुने आयोजक जिल्ला क्रिकेट संघ कञ्चनपुरले जनाएको छ । प्रतियोगितामा विजेता टीमले नगद रु १ लाख ५५ हजार पाँच सय ५५ ट्रफि,प्रमाणपत्र र उपविजेता टोलीले ७७ हजार ७७७ नगद,ट्रफि र प्रमाणपत्र पाउने छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

