महेन्द्रनगर । महेन्द्रनगर स्थित कवर्डहलको खेल मैदानमा जारी पाचौँ भीमदत्त कप क्रिकेट प्रतियोगितामा बेलौरी र भीमदत्त नगरपालिका विजयी भएका छन ।
प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा बेलडाँडीलाई ६ विकेटले पराजित गर्दै भीमदत्त नगरपालिका विजयी भएको हो । आजै भएको दोस्रो खेलमा बेदकोटलाई ४ विकेटले पराजित गर्दै भीमदत्त नगरपालिका विजयी भएको छ । टस हारेर ब्याटिङ्गको निम्तो पाएको बेलडाँडीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रन बनायो । बेलडाँडीका निखिल बस्नेतले ४७ रन तथा किसन सुनारले २४ रनको योगदान गरे । बलिङमा बेलौरीका धिरेन्द्र बिष्टले ३ विकेट र भरत सिंहले २ बिकेट लिए । १३८ रनको लक्ष्य पछ्याएको बेलौरीले १८ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । उसका लागि भरत सिंह ३३, निरज कार्की २७ र हिमाल पन्तले २६ रनको योगदान गरे । बलिङमा बेलडाँडीका कमल हमाल , दिपेश राना क्षेत्री र राम रोकायले १÷१ विकेट हात पारे । उक्त खेलमा प्लेयर अफ द म्याच बेलौरीका भरत सिंह घोषित भए ।
त्यसैगरि आजै भएको दोस्रो खेलमा बेदकोटलाई भीमदत्त नगरपालिकालाई ४ विकेटले पराजित गरेको हो । तस हारेर ब्याटिङ्गको निम्तो पाएको बेदकोटले १९ दशमलव १ ओभरमा अलआउट हुँदै १३१ रन बनाउन सक्यो । बेदकोटका लागि रोसन भाट २७ र राजेश ऐरले २० रनको योगदान गरे । बलिङमा भीमदत्तका मिलन बोहरा र समीर बिष्ट ३÷३ बिकेट हात पारे । १३२ रनको लक्ष्य पछ्याएको भीमदत्तले १७ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । भीमदत्तका लागि पुकार चन्दले ३६ र किरन कुमार गठुन्नाले २१ रनको योगदान गरे । बलिङमा बेदकोटका रोशन भाट र लक्ष्मण खडायतले ३÷३ विकेट लिए । उक्त खेलमा प्लेयर अफ द म्याच भीमदत्तका मिलन बोहरा घोषित भए ।
प्रतियोगितामा विजेता टीमले नगद रु १ लाख ५५ हजार पाँच सय ५५ ट्रफि,प्रमाणपत्र र उपविजेता टोलीले ७७ हजार ७७७ नगद,ट्रफि र प्रमाणपत्र पाउने छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

